लेटाङ लायन्स क्लबको आयोजनामा विद्यार्थीहरुसँग दसैं

Newslaya Home

लेटाङ लायन्स क्लबको आयोजनामा विद्यार्थीहरुसँग दसैं

- भुमिका पाख्रीन
मङ्गलबार १४, असोज २०७६

लेटाङ l लेटाङ लायन्स क्लबको आयोजनामा नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विद्यार्थीहरुसँग दसैं मनाउने कार्यक्रम सम्पन्न भएको छ ।

लेटाङ नगरपालिका वडा नं. ६ स्थित सामुदायिक विद्यालय पब्लिक प्राविमा सम्पन्न उक्त दसैं कार्यक्रममा विद्यार्थीहरुलाई स्कुल झोला लगायतका सामाग्री वितरण गरिएको हो ।

विशेष गरी विपन्न वर्गका विद्यार्थीहरु अध्ययन गर्ने भएकाले पनि दसैं सबैका लागी आउनुपर्छ भन्ने उदेश्यका साथ उक्त विद्यालयमा दसैं मनाइएको लेटाङ लायन्स क्लबका अध्यक्ष शान्ति पाख्रिन लामाले बताइन् ।

साथै सोही कार्यक्रममा ह्वील चियर, त्यसै गरी एम्बुलेन्स पुग्न नसक्ने वडा नम्बर १ का केही स्थानका लागी स्टेचरहरु समेत वितरण गरिएको थियो । त्यसैगरी एक औपचारिक कार्यक्रमका बीच लायन्सको पदस्थापना कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

कार्यक्रममा लेटाङ नगरपालिकाका उपप्रमुख कृष्ण कुमारी पोखरेल, शिक्षा शाखा उपसचिव कृष्ण राई, लायन्सका डिस्ट्रिक गर्भनर इन्द्र खत्री लगायतको उपस्थिति रहेको थियो ।