लेटाङमा जेष्ठ नागरिकलाई सम्मान

Newslaya Home

लेटाङमा जेष्ठ नागरिकलाई सम्मान

- भुमिका पाख्रीन
मङ्गलबार १४, असोज २०७६

लेटाङ l लेटाङ नगरपालिकास्थित जनसेवा युवा क्लबले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर मंगलबार जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

विशेष गरी लेटाङ नगरपालिकाको खेरुवा आसपासका जेष्ठ नागरिकहरुलाई ढाका टोपी, दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरपालिका उपप्रमुख कृष्णकुमारी पोखरेलले जेष्ठ नागरिकहरुका लागी नगरले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । जेष्ठ नागरिकहरुलाई चियापान समेत गराइएको उक्त सम्मान कार्यक्रममा विजया दशमीको शुभकामना आदान प्रदान समेत गरिएको संस्थाका उपाध्यक्ष राजु गौतमले बताए ।

लेटाङको सामाजिक, साँस्कृतिक, शैक्षिक, खेलकुदको क्षेत्रमा रहेर काम गर्दै आएको यस संस्थाले यस अघि पनि थुप्रै उल्लेखनीय कामहरु सम्पन्न गरीसकेको छ ।