इटहरीमा बसको पछाडी सिटमा मुख थुनेर सामुहिक बलात्कार

Newslaya Home

इटहरीमा बसको पछाडी सिटमा मुख थुनेर सामुहिक बलात्कार

मङ्गलबार १४, असोज २०७६

इटहरी । इटहरीमा बसभित्रै एक युवती सामुहिक बलात्कृत भएकी छिन् । बसका स्टाफहरु मिलेर ती युवतीलाई सोमबार राती बलात्कार गरेका हुन् । बलात्कार गर्नेहरुलाई रंगेहात समातेको प्रहरीले दावी गरेको छ ।

२२ वर्षिया धरानकी ती युवतीलाई विकास कसाई, सुरज थापा, सुरेन्द्र भुजेल, सुमन मग्राती र नितेश घिमिरेसमेत पाँच जनाले जबरजस्ती गरेको र आशिष कार्कीले सहयोग पुर्याएको प्रहरीको अनुसन्धानले देखाएको छ । उनीहरुले बसको पछिल्लो सिटमा लगेर मुख थुनेर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

धरानबाट विराटनगरका लागि छुटेको को १ ख ४६२७ नं. को खाम्दाके यातायातमा सवार ती युवती इटहरीमा झर्न खोज्दा बसका कन्टेक्टर सुमन मग्रान्ती र आशिष कार्की तथा पुरानो कन्टेकटर नितेश घिमिरेले गाडीको ढोका बन्द गरी इटहरी १० स्थित साथी फ्युल पेट्रोलपम्प नजिकै लगेर बलात्कार गरेको बताइएको छ ।

युवतीलाई पनि जबरजस्ती रक्सी खुवाएर बलात्कार गरेको पाइएको इटहरीका सुचना अधिकृत रमेशकुमार बस्नेतले जानकारी दिए ।

घटनास्थल पुगेको प्रहरीले मोरङको सुन्दरहरैचा १२ वस्ने ३३ वर्षिय विकास कसाई, झापाको सुरुङ्गा ४ का २२ वर्षका सुरज थापा, सिरहाको लाहान ४ बस्ने २६ वर्षिय सुरेन्द्र भुजेल र मोरङको वेलवारी ७ बस्ने आशिष कार्कीलाई तत्काल पक्राउ गरेको र नाके भन्ने २५ वर्षिय सुमन मग्राती र मोरंगको बेलबारी बस्ने २५ वर्षिय नितेश घिमिरे फरार रहेको जानकारी दिएको छ ।