गाई काटेको आरोपमा तीन जना पक्राउ

Newslaya Home

गाई काटेको आरोपमा तीन जना पक्राउ

मङ्गलबार १४, असोज २०७६

चितवन । प्रहरीले गाई काटेको आरोपमा चितवनबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–३ का ३५ वर्षीया निरमायाँ तामाङ, २७ वर्षीया अञ्जना तामाङ र १८ वर्षीय अमिर तामाङ रहेका छन् ।

पूर्वी चितवनको कालिका नगरपालिकामा वडा–३ दुई सय बिगाहास्थित जनप्रिय टोलमा मंगलबार बिहान गाई काट्दै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तीमध्ये अन्य दुई जना भने फरार छन् ।