बढी शुल्क लिएका मेडिकल कलेजले शुल्क फिर्ता नगरे कारबाही गर्ने मन्त्रीको चेतावनी

Newslaya Home

बढी शुल्क लिएका मेडिकल कलेजले शुल्क फिर्ता नगरे कारबाही गर्ने मन्त्रीको चेतावनी

मङ्गलबार १४, असोज २०७६

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएका निजी मेडिकल कलेजहरुलाई तत्काल शुल्क फिर्ता गर्न निर्देशन दिएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बढी शुल्क फिर्ता नगरे कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

कार्यक्रममा निजी मेडिकल कलेजहरुको छाता संगठनका महासचिव एवं नोबेल मेडिकल कलेजका सन्चालक सुनिल शर्माले मन्त्रीले शुल्क फिर्ता गर भन्ने हो भने मन्त्रीले आफूहरुबाट लिएको कर फिर्ता गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताए ।

विद्यार्थीलाई शुल्क फिर्ता गर्न कलेजहरुसँग पैसा नभएको दाबी गर्दै कारबाही गरेर थुने पनि त्यसका लागि आफूहरु तयार हुने उनले बताए ।

यस्तै, पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले ऐन, कानुन सबैले मान्नुपर्ने भन्दै लड्नुपरे सरकारसँग लड्न सुझाव दिँदै विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न आग्रह गरे ।