टिफर आफैं चल्दा एक महिलाको मृत्यु तीन जना घाइते

Newslaya Home

टिफर आफैं चल्दा एक महिलाको मृत्यु तीन जना घाइते

मङ्गलबार १४, असोज २०७६

सल्यान । सल्यानमा रोकेर राखिएको टिपर चल्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

खलंगा सुर्खेत सडकमा मजदुरको रुपमा काम गर्दै आइरहेकी एक महिला र सन्तोषी सेवा निमार्णका तीन जना कामदार घाइते भएका छन्।
शारदा नगरपालिकाको कार्यालय नजिकै रोकेर राखिएका बा ३ क २३६५ नम्बरको टिपर ब्याक भई सडकबाट खसेको हो ।

उक्त दुर्घटनामा परी सोही नगरपालिका–८ घर भएको ४५ वर्षीय रामकली विकको मृत्यु भएको हो ।
घाइते भएका मोहिसन मुसिया, हरिशंकर भन्तु र शेषनाथ कुमाल तीनै जनाको सल्यान अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।