झापामा बन्ने ‘चाइना– नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ शिलान्यास स्थगित

Newslaya Home

झापामा बन्ने ‘चाइना– नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ शिलान्यास स्थगित

मङ्गलबार १४, असोज २०७६

झापा । झापा क्षेत्र नं ५ मा बन्ने भनिएको ‘चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ को शिलान्यास गर्ने निर्धारित कार्यक्रम स्थगित भएको छ ।
प्रधानमन्त्री ओलीले असोज १६ गते बिहीबार पार्क शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो ।

दसैँ तिहारको रौनक सकिएपछि मात्र कार्यक्रम गर्ने पुनः निर्णय भएकाले उक्त शिलान्यास तथा मावा खोलामा बनेको पुल उदघाटन कार्यक्रम स्थगित गरिएको नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिएका छन् ।