पर्यटन वर्ष लक्षित गर्दै पाँचथरमा होमस्टे सञ्चालन

Newslaya Home

पर्यटन वर्ष लक्षित गर्दै पाँचथरमा होमस्टे सञ्चालन

मङ्गलबार १४, असोज २०७६

फिदिम। पर्यटन वर्ष लक्षित गर्दै पाँचथरमा होमस्टे सञ्चालनको कार्य थालिएको छ ।

जिल्ला समन्वय समिती पाँचथरको आयोजना साथै स्थानीय संघ संस्थाको सहआयोजनामा फिदिम नगरपालिका–३, लालीखर्कमा यस्तो किसिमको सेवा सञ्चालन गरिएको हो ।
पर्यटन वर्ष २०२० को प्रदेश नं. १ लाई सफल पार्न पूर्वका सम्भावना बोकेका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुलाई प्रचार प्रसार साथै पर्यटकहरुका लागि होमस्टेको व्यवस्था गर्न लागिएको हो ।
जसमा हाल बतासेमा २० र लालीखर्कमा १० गरि जम्मा ३० वटा घरमा होमस्टे सेवा सञ्चालन गरिएको छ ।