कविताः ऊ र म (जातीय)

Newslaya Home

कविताः ऊ र म (जातीय)

मङ्गलबार १४, असोज २०७६

🌹🌹 सुजन कटुवाल रियाज

 

हुन सक्छ हिजो
तिमी र म
दुनियाँ भुलेर
एक अर्का माथी
विश्वास खन्याएर
दोबाटोमा उक्लिएका थियौं ।
समाजमा हाम्रो कुरा चल्दैथियो
जातीय , वर्गीय विभेदको
तर
मतलब थिएन हामीलाई जात र पातको
मात्र मतलब थियो कि हामी सबै
नेपाल आमाका सन्तान हौं भन्ने
हो
यही जोस र जाँगरको पोको बोकेर
हामी समाजको अन्धविश्वास तोड्न
हामीले पाइला अगाडी बढायौँ ।
उनले मलाई प्रेम पत्र लेखेकी थिइन्
मैले उनको पत्र लाई
केही बेर नियालेर
खाम भित्र बाट निकालेर हेरेँ
यस्तो लेखेकी रहिछन्
यदि तिमी मलाई माया गर्छौ भने
हामी यो समाजमा युगौँ युग देखि
गुज्रिएको जातीयतालाई तोडैँ
किन चल्छ हरदम जातीयका कुरा ?
किन हुन्छ सधैं छुवाछूतको कुरा ?
किन चल्छ सधैं अछुतको कुरा ?
आज मैले धारामा
बाहुनी बज्यैको पानीको गाग्री
पर सार्दिएकी थिएँ
चल्यो अनि आज अछुतको कुरा ।
खैत संविधान ?
खै त स्वाधीनता ?
खै त लोकतन्त्र ?
खै त कानुन ?
यी सबै केहिले लछार्दैन रहेछ
दलितको आवाज उठाउने कोही छैन ।
यो समाजमा
जातीयता र छुवाछुतको मूल जरो भएको छ
आखिर सुन, सुन नै रहेछ
फलाम , फलाम नै रहेछ ।
आआफ्नो औकातमा बस्नुपर्ने रहेछ
यो समाजमा हामी सधैं हेपिएर बाँच्नु पर्ने रहेछ
आज मैले समाजमा जातजाति बराबरी र सम्मान
हुनुपर्छ भन्दा उल्टै म माथी कुटपिट भयो
आखिर कसैले मेरो कुरा सुनेन
म निर्दोष एक अपहेलित दलित नारी हुँ
तिमी मलाई माया गर्छु त भन्छौ
तर अब त मलाई विस्वास पनि त्यत्ती लाग्दैन
किन कि तिमी, म भन्दा माथिल्लो जातको हौ
यदि तिमी मलाई माया गर्छौ भने
तिमी मेरो कुरालाई अवस्य सुनेर
तिमी मलाई लिन भञ्ज्याङमा आउनेछौ
म तिमीलाई भञ्ज्याङमा जुनेली रातमा
पर्खी बस्नेछु ।
उनको पत्र पढीसकेको पनि मैले पत्तो पाइनछु
त्यो पत्रलाई मैले आफ्नो खल्तीमा राखेँ
हो मैले पनि यो समाज परिवर्तन गर्नलाई नै
मैले उनी एउटी दलित महिलासँग
प्रेम गरेको हुँ ।
मलाई लाग्थ्यो
मानिस एउटै हो ।
काटे रगत सबैको रातो हुन्छ

हामीले जातीयता विभेद गर्नुहुँदैन
भन्ने मेरो भावना थियो
र म उनी सितै बिहे गर्ने सोचमा थिएँ
उनले यसै बेला यस्तो पत्र पठाइछिन्
खुसी लाग्यो किनकी मैले सोचेको सपना
पूरा हुने भयो अन्तरजातीय बिहे
म एउटा सानो झोला लिएर घरबाट निस्केर
हिँडे रात पनि छिप्पिसकेको थियो
पूर्णिमाको रातमा जुन टहटह लागेको थियो
म प्रेमको भञ्ज्याङमा थिएँ ।।
समानताको धुन सँगै एउटा कविताको साथमा ।।

भोजपुर, पूर्वी नेपाल