भारतमा जन्मियो पुच्छर भएको बच्चा

Newslaya Home

भारतमा जन्मियो पुच्छर भएको बच्चा

मङ्गलबार १४, असोज २०७६

काठमाडौं । भारतको नोयडास्थित एक अस्पतालमा पुच्छर निस्केको शिशुको जन्म भएको छ ।

पुच्छर निस्केको बच्चा जन्मेपछि अस्पताल बच्चा हेर्न आउने मानिसको भिड लागेको छ । बच्चोको पिठ्युँको तल्लो भागमा पुच्छर जस्तो एक भाग निस्केको थियो । चिकित्सकका साथै परिवारका मानिस पनि यो देखेर छक्क परे ।

यस्तो घटना जम्मा १ प्रतिशत देख्न पाइने चिकित्सक डा अनुराग भार्गवले बताएका छन् । कन्जेनाइटल एब्नर्मालिटीका कारण यस्तो हुने उनको भनाइ छ ।

बच्चा पूर्ण रूपमा स्वस्थ रहेको र आमाको दूध पिइरहेको चिकित्सकले बताए । पुच्छरले कुनै खतरा नगर्ने र बच्चालाई पछि शल्यक्रिया गरेर अतिरिक्त मासुको टुक्रा हटाइने चिकित्सकले बताए । त्यसले बच्चाको जीवनमा कुनै असर नपर्ने बताइएको छ ।