कविताः निर्दयी आमा

Newslaya Home

कविताः निर्दयी आमा

सोमबार १३, असोज २०७६

  • सुजन कटुवाल रियाज

आमा म तिमीलाई कसरी आमा भनौँ
तिमीलाई आमा भन्ने शब्द नै अलप भएका छन्
मैले तिम्रो चरित्र बुझ्न सकिन आमा
मलाई आमा भन्ने शब्दको परिभाषा बुझ्न
हम्मे हम्मे भएको छ आज ।
तिमीले आज मलाई जानी जानी घाँटी रेटेर
सधैंका लागि विदा दियौ आमा
के अब तिमीलाई आमा भनेर सम्बोधन गरौँ र
कसरी म तिमीलाई आमा भन्न सक्छु
आमा त भगवान हुन् भन्छन्
आमा तर तिमी कलंक रहेछौ
आखिर म एउटा नाबालक सँग
यति ठुलो दुश्मनी किन गरेउ आमा
मेरो के गल्ति थियो र
मलाई राम्रोसँग थाहा छ
तिम्रो पनि त कुनै न कुनै
एक आमाको कोखबाट जन्म भएको हो
आमा तिमीलाई पनि तिम्री आमाले
यसरी नै मारी दिएको भए
म अहिले यो अबस्थामा पुग्न सक्दिनँथे आमा
तिमीले भुलेछौ आमा मलाई गर्वमा राखेर
जन्म दिनका लागि रातमा दुखाइ सहेर
गरेको योनसम्पर्क
अनि गर्भमा नौ महिनासम्म राखेर मलाई
जन्म दिँदाको प्रसव पीडा पनि भुलेउ आमा
मलाई मार्नु नै थियो भने बरु गर्वपतन गरेर
फ्याकिएको भए पनि हुने थियो आमा
मलाई जसरी जस्तो भएपनि जन्म दिएर
यस अवस्थासम्म पालनपोषण गरेर
हुर्काउँदै थियौ आमा
आमा तिमीले किन यस्तो हर्कत गरेउ
आज मलाई मात्र नभएर
अरु आमाहरुप्रति निष्ठुरता र कठोरता
देखाएकी छौ आमा ।

भोजपुर, पूर्वी नेपाल