‘इटहरी सरकारलाई काग्रेसको सहयोग छ, तर आफ्नै कारण पछि पर्दैछ’ : हेमकर्ण पौडेल (भिडियो अन्तर्वार्ता)

Newslaya Home

‘इटहरी सरकारलाई काग्रेसको सहयोग छ, तर आफ्नै कारण पछि पर्दैछ’ : हेमकर्ण पौडेल (भिडियो अन्तर्वार्ता)

सोमबार १३, असोज २०७६

हेमकर्ण पौडेल इटहरीको राजनीतिमा चर्चित नाम हो । इटहरीको नगर सभापती हुँदै प्रदेश सभाको उम्मेदवारसम्म भइसकेका पौडेल वाककलामा पनि निपुण छन् ।

नेपाली कांग्रेसले गरेको जागरण अभियानका क्रममा विभिन्न ठाउँमा प्रशिक्षणसमेत चलाईसकेका उनी आफ्नै पार्टी र नेताको खरो आलोचना गर्छन् ।

न्युजलयसंग उनले पार्टी र देशको अनि इटहरीको राजनीतिको विभिन्न पाटोको विषयमा कुरा गरेका छन् ।

उनकाअनुसार नेपाली कांग्रेस अहिले इतिहासमै सबैभन्दा कमजोर अवस्थामा छ । पार्टिभित्रको गुटको झगडाका कारण कांग्रेस पछि परेको उनको भनाई छ । उनका अनुसार काग्रेस देशको राजनिती मिलाउदा मिलाउदै पनि पछि परेको हो ।

प्रजातन्त्रको लागि लड्ने, संविधान बनाउने, द्वन्दरत पक्षलाई फकाउने अरुलाई बनाउदा बनाउदै काग्रेसले आफैलाई बनाउन सकेन र कमजोर भयो, उनी भन्छन् ।

सरकार असफल भयो भन्ने निश्कर्षसहित आफ्नो पार्टीले गरेको जागरण अभियानले कार्यकर्तामा आशाको संचार गरेको उनको भनाई छ ।

उनले इटहरी सरकार र यस क्षेत्रबाट चुनिएका सांसदहरुले पहिला भनेजस्तो काम गर्न नसकेको आरोप लगाएका छन् । ‘यस्तै कर्मकाण्डी काम र विवाद अझै तीन वर्ष भयो भने इटहरी २० वर्ष पछि पर्छ,' उनले भने,'के गर्नुपर्छ बरु भन्नुस्, हामी सहयोग गर्छौं तर इटहरीवासीको लागि काम गर्नुस् ।’

उनले नआत्तिकन धैर्यतापुर्वक स्थानिय सरकारलाई सघाउन र खबरदारी भने गरिरहन समेत इटहरीवासीलाई आग्रह गरेका छन् ।

भिडियोः