नागरिकको युट्युब च्यानल ह्याक भयो

Newslaya Home

नागरिकको युट्युब च्यानल ह्याक भयो

सोमबार १३, असोज २०७६

काठमाडौं । नागरिक तथा द रिपब्लिका दैनिक सञ्चालन गर्ने नेपाल रिपब्लिक मिडियाको युट्युब च्यानल ह्याक भएको छ । यो प्रकाशन गृहको रेडियो नागरिक र नागरिक नेटवर्कको युट्युब च्यानल ह्याक भएको हो ।

च्यानल शुक्रबार रातिदेखि ह्याक भएको सूचना नागरिक नेटवर्कको बेवसाइटमा प्रकाशित गरिएको छ । रेडियो नागरिकको च्यानल ह्याक गरेर ह्याकरले डेरेभो नाम राखेका छन् ।

नेपाल रिपब्लिक मिडियाले सूचना निकाल्दै यसको समाधानमा काम गरिरहेको जनाएको छ ।