२०७६ आश्विन १२ गते आइतबारको राशिफल

Newslaya Home

२०७६ आश्विन १२ गते आइतबारको राशिफल

आइतबार १२, असोज २०७६

मेष । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । मन प्रसन्न रहला ।

वृष । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

मिथुन । मनमा निरासा र शरीरमा आलस्य आउला । दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । अनावश्यक यात्रा हुनेछ ।

कर्कट । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ ।

सिंह । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

कन्या । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ ।

तुला । भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

वृश्चिक । शुभकार्यको चर्चा चल्नेछ । मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ ।

धनु । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योगपनि रहेको छ ।

मकर । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ । मुद्दा मामिला आइलाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी÷प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

मीन । मान्यजनसंग भेटघाट हुने र शत्रुमाथि विजय प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ ।