हिन्दु धर्ममा मानिसको मृत्य भएपछि शवलाई किन जलाईल्छ ? यस्तो छ कारण

Newslaya Home

हिन्दु धर्ममा मानिसको मृत्य भएपछि शवलाई किन जलाईल्छ ? यस्तो छ कारण

शनिबार ११, असोज २०७६

हिन्दु धर्ममा मानिसको मृत्यु भइसकेपछि शव जलाएर नष्ट गरिन्छ । तर, मुस्लिम, इसाई तथा बुद्ध धर्म मान्नेहरुको शव गाड्ने गरिन्छ । अन्य धर्ममा शवलाई गाड्ने तर, हिन्दु धर्ममा किन शवलाई जलाइन्छ ? यसको कारण धेरैलाई थाहा नहुन सक्छ ।

दाह संस्कारमा मृत व्यक्तिको शरीरलाई उठाएर शमशान लगिन्छ र फेरि उक्त शवलाई विधि विधानका साथ अग्निदाह गरिने गरिन्छ । शवदाह पूरा भएसँगै मृतकको अस्थिलाई कुनै पवित्र नदीमा गाड्ने वा बगाउने गरिन्छ ।

दाह–संस्कारको कारण के हो ?

हिन्दू धर्म मा मृत्युलाई जीवन को अन्त्य मानिन्छ । एक जीवन समाप्त भएपछि त्यस व्यक्ति को आत्मा उक्त शरीर बाट छुटेर कुनै नयाँ रूप तथा शरीरमा धारण हुन्छ या उसको मोक्ष हुन्छ भन्ने मान्यता छ । जस कारण दाह संस्कार को रिवाज गरिने गरिएको छ ।

शास्त्रमा वर्णन गरिए अनुसार जब सम्म मृत व्यक्तिको शरीरको अंतिम संस्कार गरिदैन तब सम्म उसलाई मोक्ष मिल्दैन । शास्त्रमा यो पनि लेखिएको छ कि मानव शरीर पञ्च तत्वबाट बनेको छ ।

पाच तत्व पृथ्वी, जल, अग्नि, वायु तथा आकाश रहेका छन् । धर्म शास्त्रका अनुसार मृत व्यक्तिको शरीरलाई जलाएपछि शरीर यी पाँच तत्वमा विलीन हुन जान्छ । र, आत्मालाई मुक्ति मिल्छ भन्ने विश्वास छ ।