साउदीमा पहिलो पटक युवतीलाई स्कर्ट लगाएर घुम्‍ने अनुमति

Newslaya Home

साउदीमा पहिलो पटक युवतीलाई स्कर्ट लगाएर घुम्‍ने अनुमति

शनिबार ११, असोज २०७६

रियाद । साउदी अरेबियाले विदेशी पर्यटकलाई स्कर्ट लगाउन छुट दिने भएको छ ।

पर्यटन प्रमुख अहमद अल खतिबका अनुसार पर्यटक युवतीका लागि बुर्का अनिवार्य हुनेछैन । सरकारले नयाँ भिसा कार्यक्रम घोषणा गर्दै विदेशी कम्पनीलाई लगानीका लागि आग्रह गरेको छ । परम्परागत मुस्लिम राज्य साउदीले भ्रमणमा आउने युवतीलाई दिएको यस्तो छुटले पर्यटन वृद्धि हुने अपेक्षा गरेकोछ ।

साउदीले पर्यटन क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न ४९ देशका पर्यटकका लागि नयाँ भिसा कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

हालसम्म साउदीमा सार्वजनिक स्थलमा महिलाका लागि पहिरनमा अनुदार नीतिका साथै पुरुष र महिला डेटिङ गर्नु प्रतिबन्ध थियो ।