इण्डोनेसियामा भूकम्पबाट २० को मृत्यु, सयभन्दा बढी घाइते

Newslaya Home

इण्डोनेसियामा भूकम्पबाट २० को मृत्यु, सयभन्दा बढी घाइते

शुक्रबार १०, असोज २०७६

काठमाण्डौ । इण्डोनेसियामा बिहिबार गएको भूकम्पबाट मृत्यु हुनेको संख्या २० पुगेको छ भने घाइते १०० भन्दा बढी भएका छन् । इण्डोनेसियाको अम्बोन दीपमा हिजो ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भौगर्भिक अवस्थितिका कारणले इण्डोनेसियामा बारम्बार भूकम्प गइरहने गरेको छ । भूकम्प आए पनि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन्