आजबाट अष्ट्रेलियामा अर्काको फेसबुक लाइक हेर्न नपाइने

Newslaya Home

आजबाट अष्ट्रेलियामा अर्काको फेसबुक लाइक हेर्न नपाइने

शुक्रबार १०, असोज २०७६

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियामा आजबाट प्रयोगकर्ताको पोस्टमा लाइकको संख्या लुकाउने भएको छ । अस्ट्रेलियाका प्रयोगकर्ताले अर्काको पोस्टमा गरिएका लाइकको संख्या वा जनाइएका प्रतिक्रिया हेर्न नपाउने जनाइएको छ ।

गत जुलाई महिनामा यो विवादास्पद परिवर्तनको परीक्षण इन्स्टाग्राममा सुरू गरिएको थियो । प्रयोगकर्तामाझ सामाजिक दबाव घटाउने प्रयासस्वरूप लाइकको संख्या घटाउन चाहेको फेसबुकको भनाइ छ । आफ्ना पोस्टमा चाहिँ गरिएका लाइकको संख्या प्रयोगकर्ताले हेर्न पाउने कम्पनीले जनाएको छ ।

लाइक वा पोस्टमा जनाइएका प्रतिक्रियाको संख्यामा भन्दा अन्तरक्रिया तथा विषयस्तुको गुणस्तरबारे मान्छेले ध्यान दिऊन् भन्ने कुरालाई मध्यनजर गरेर यस्तो निर्णय गरेको कम्पनीकी प्रवक्ता मिआ गार्लिकले बताइन् ।

यो परिवर्तन आफूहरूले मानसिक स्वास्थ्यविज्ञ तथा एन्टिबुलिङ (अर्कालाई होच्याउने कामविरुद्ध) समूहहरूसँग छलफल गरेको गार्लिकले जनाएकी छन् ।