ट्रम्पविरुद्ध महाभियोग:‘ह्वाइट हाउसले टेलिफोन संवादको विस्तृत विवरण लुकाउन खोज्यो’

Newslaya Home

ट्रम्पविरुद्ध महाभियोग:‘ह्वाइट हाउसले टेलिफोन संवादको विस्तृत विवरण लुकाउन खोज्यो’

शुक्रबार १०, असोज २०७६

बिबिसि । ह्वाइट हाउसका वरिष्ठ अधिकारीले राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानीको विस्तृत विवरण लुकाउने प्रयास गरेको आरोप लागेको छ ।

अमेरिकी राष्ट्रपतिविरूद्ध दिइएको उजुरीमा उक्त कुरा उल्लेख छ । जसअनुसार ट्रम्पले आफ्ना युक्रेनी समकक्षीलाई आफ्ना घरेलु राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न दबाव दिएका थिए ।

सार्वजनिक गरिएको पछिल्लो उजुरीमा भनिएको छ, फोन संवादको प्रतिलिपि नियमित कम्प्युटर प्रणालीमा राखिएको थिएन ।

त्यसको साटो विशेष प्रकारको सूचनाको निम्ति प्रयोग हुने अलग्गै कम्प्युटर प्रणालीमा त्यो राखिएको उजुरीमा उल्लेख छ ।