पानीमा भिज्दा छाला किन चाउरिन्छ ?

Newslaya Home

पानीमा भिज्दा छाला किन चाउरिन्छ ?

शुक्रबार १०, असोज २०७६

हामीले आफ्नो शरीरको ख्याल हरेक समय गर्नैपर्छ । चिसो होस या गर्मी मौसममा हामी दैनिक गर्ने हरेक क्रियाकलापअनुसार मानव शरीरमा विभिन्न खाले प्रभाव परिरहेको छ ।

हाम्रो शरीरमा पानीसँगको सँसर्गमा पनि शरीरमा असर देखिने गर्छ लामो समय पानीमा खेल्दा होस्, नुहाउँदा होस् वा लुगा धोएपछि हाम्रो शरिरको केही हिस्साको छाला खुम्चिने गर्छ । हात, हत्केला, औलाको छाला, गोडाको छाला धेरै बेर पानीमा रहँदा खुम्चेर चाउरिएजस्तो देखिन्छ ।

यसका केही वैज्ञानिक कारण छन् । बायोकेमिकल प्रतिक्रियाको कारण यस्तो हुने चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुकाअनुसार पानीमा रहँदा हाम्रो छालाबाट सामान्य भन्दा अधिक कोष बाहिर निस्कन्छन् । जसले गर्दा छाला खुम्चिन पुग्छ ।

एजेन्सीहरुमा उल्लेख भएअनुसार छालाको जुन हिस्सा चाउरी पर्नु भने स्नायू प्रणाली ठिक भएको ठहरिन्छ । त्यहाँको केही नसा काटिदिने हो भने त्यसरी चाउरी नपर्ने वैज्ञानिकहरुको दाबी छ ।

अमेरिकी वैज्ञानिक मार्क चाञ्गिजी भन्छन्, ‘हाम्रो शरीर बदलिएको वातावरण अनुसार आफुलाई पनि सजिलै परिवर्तन गर्नसक्छ ।’