आफ्नै चुनाव चिह्नमा माओवादी केन्द्र उपनिर्वाचन लड्दै

Newslaya Home

आफ्नै चुनाव चिह्नमा माओवादी केन्द्र उपनिर्वाचन लड्दै

बिहीबार ०९, असोज २०७६

काठमाडौं । पुरानै चुनाव चिह्न लिएर नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र उपनिर्वाचनमा जाने भएको छ ।
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि गोलाकारभित्रको हसिया हथौडा चुनाव चिह्न लिएर माओवादी केन्द्रको नाममा दल दर्ता भएको हो ।

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एककीकरण भएपछि तत्कालीन माओवादी केन्द्रका नेता गोपाल किरातीले पुरानै नाममा नयाँ दल दर्ता गरेका हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नयाँ पार्टीको रुपमा दर्ता भएको छ । त्यस्तै पाँच औलासहितको हत्केला चुनाव चिह्न लिएर तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी पनि नयाँ दलकै रुपमा निर्वाचनमा जान लागेको हो ।
उपनिर्वाचनका लागि विभिन्न पदलहरु मध्ये २१ वटा नयाँ दल समेत निर्वाचन आयोगमा दर्ता भएका छन् ।