हरिनगरको समस्या सुनसरी खोला (भिडियो अन्तर्वार्ता)

Newslaya Home

हरिनगरको समस्या सुनसरी खोला (भिडियो अन्तर्वार्ता)

बिहीबार ०९, असोज २०७६

इटहरी । हरिनगर गाउँपालिकाको मुख्य समस्या सुनसरीे खोला रहेको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताएका छन् ।

सुनसरी खोला नियन्त्रणको विषयमा संघिय सरकार र प्रदेश सरकारसँग कुरा राखेको उनले बताए । इनरुवादेखि बोर्डरसम्म नदी नियन्त्रण भएमा उक्त क्षेत्र पञ्जाब जस्तो प्रगति हुने उनले बताए ।

अन्सारीका अनुसार यतिबेला गाउँपालिकामा बाटो निर्माणको काम धमाधम भइरहेको छ । त्यहाँका भित्री बाटो पनि बन्ने क्रम जारी छ ।

डिपिआरको आधारमा २८ किमीमध्ये १२ किमी कालोपत्रे गरिसकेको उनले बताए । बाढिका कारण क्षति भएको स्थानमा पुल निर्माणको काम पनि यसै वर्ष सुरु गरिने उनले बताए ।

यस्तै उक्त गाउँपालिकामा अहिले शिक्षा क्षेत्रमा पनि धेरै अगाडि बढेको उनले बताए ।

2 प्रतिकृयाहरू प्राप्त
  • इर्फान अन्सारिलेख्नुहुन्छ
  • |
  • सोमबार १३, असोज २०७६
हरिनगरा गाउँ पालिकाको मेयर आफनो जनताको लागि एक दम धमाधम बाटो निर्माण र गाउँ पालिकाको चौतर्फी विकासको योजना पूरा गरिरहेको छ यश मा कुनै दुई मत नभएको छैन अध्यक्ष आफू स्वायमम कार्य गरि कार्यलाइ विकास तर्फ लग्दै छ।
  • ashfak ansariलेख्नुहुन्छ
  • |
  • सोमबार १३, असोज २०७६
hamro adyakxa gafar ansari le gareko yo biksh jati pahila hamro pm. le pani garna sake xaina yahi harinagra gaupalika ma pahila 20 speet bike kudauda lar thiyo tara ahile 120 ko speet ma hamro mayor le urne bato banaudai hunu hunxa /dhanyabad