इण्डोनेसियामा ६.५ म्याग्निच्युडको भूकम्प

Newslaya Home

इण्डोनेसियामा ६.५ म्याग्निच्युडको भूकम्प

बिहीबार ०९, असोज २०७६

काठमाण्डौ । पूर्वी इण्डोनेसियामा बिहिबार बिहान ६.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प मालुकु प्रान्तमा बिहान ८ बजेर ४६ मिनेटमा गएको हो । जनधनको क्षति भएको विवरण आइसकेको छैन । भूकम्प निकै शक्तिशाली महसुस गरिएको स्थानीयले बताएका छन् । सर्वसाधारण घरबाट निस्केर भागाभाग गरेका थिए ।

भूकम्पबाट सुनामीको खतरा नरहेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।