छोरीलाई विष खुवाएर बुवाले गरे आत्महत्या

Newslaya Home

छोरीलाई विष खुवाएर बुवाले गरे आत्महत्या

सोमबार ०६, असोज २०७६

कैलाली । कैलालीका एक पुरुषले छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेका छन् ।

गौरीगंगा नगरपालिका–५ का रामबहादुर कलेलले ३ वर्षीया छोरी अनुष्कालाई सल्पास नामक बिषादी खुवाएर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गत वैशाख १६ गते कलेलकी श्रीमती सरिता कलेल कोठामै झुण्डिएर आत्महत्या गरेकी थिइन् । श्रीमतीले आत्महत्या गरेपछि रामबहादुरविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा हालेका थिए ।

सरिताका माइती पक्षले दुरुत्साहनमा मुद्धा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पूर्पक्षका थुनामा पठाएको थियो ।
साउन २२ गतेको अदालतको इजलासले निर्दोष ठहर गरेपछि कलेल छुटेका थिए । घटना बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।