कार्यालय सहयोगी घुससहित पक्राउ

Newslaya Home

कार्यालय सहयोगी घुससहित पक्राउ

सोमबार ०६, असोज २०७६

सप्तरी । राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका कार्यालय सहयोगी घूससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग दुई हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । मोही लगत कट्टाको निर्णय गराइदिने भन्दै एक सेवाग्राहीसँग घूस लिँदै गर्दा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।