अटोमेटिक पेस्तोलसहित भोजपुरबाट एक जना पक्राउ

Newslaya Home

अटोमेटिक पेस्तोलसहित भोजपुरबाट एक जना पक्राउ

सोमबार ०६, असोज २०७६

भोजपुर । भोजपुरबाट दुई थान अटोमेटिक पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–५ चोलन्तीका ४३ वर्षीय बमबहादुर विष्टलाई हातहतियार तथा विस्फोटक पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आइतबार दिउँसो प्लाष्टिक हेण्ड ग्रिनेड १ थान, अटोमेटिक पेस्तोल २ थान, म्याग्जिन २ थान, गोली १० राउण्ड, मोबाइल २ थान, सिम कार्ड १२ थान, नगद ५ हजार ९ सय ७० रुपैयाँ र विभिन्न सामानसहित विष्टलाई पक्राउ गरेको हो ।

पक्राउ परेका विष्टलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।