श्री एयरलाइन्समा जेष्ठ नागरिकलाई छुट्

Newslaya Home

श्री एयरलाइन्समा जेष्ठ नागरिकलाई छुट्

सोमबार ०६, असोज २०७६

काठमाडौं । श्री एयरलाइन्सले जेष्ठ नागरिकका लागि हवाइ भाडामा छुट योजना ल्याएको छ। कम्पनीले ८५ वर्षमाथिका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँमै यात्रा गराउने भएको छ भने ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ। यो छुट रकम अफर भाडामा भने लागू नहुने कम्पनीले जानकारी दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भन्दै तयारी थालको बेला श्री एयरलाइन्सले यस्तो अफर ल्याएको छ।

यो छुट एउटा उडानमा दुई जना यात्रुले पाउनेछन् । असोज १२ गतेबाट छुट योजना लागू हुने एयरलाइन्सले जानकारी दिएको छ । श्री एयरलाइन्ससँग अहिले ४ वटा सिआरजे र २ वटा टर्बोपप जहाज छन्।