पाँचथरमा बिक्न थाल्यो रातोमाटो

Newslaya Home

पाँचथरमा बिक्न थाल्यो रातोमाटो

सोमबार ०६, असोज २०७६

पाँचथर । दसैँ–तिहारमा घरपोत गर्न प्रयोग गरिने रातो माटोले भाउ पाएपछि पाँचथरका स्थानीय उत्साहित बनेका छन् ।

फिदिमसँगै छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापासम्म रातो माटोको माग छ । माग बढेपछि फिदिममा प्रतिबोरा रु ६० देखि ८० सम्ममा रातो माटो बिक्री हुन थालेको स्थानीयले बताएका छन् ।

यस ठाउँका रातो माटो दशैँ तिहारमा बढी बिक्री हुने गरेको छ भने अन्य समयमा फाटफुट बिक्री हुने गरेको स्थानीयले जानकारी दिएका छन् ।