यस्ता छन् जिराका फाइदा

Newslaya Home

यस्ता छन् जिराका फाइदा

बिहीबार ०२, असोज २०७६

तरकारी मसलाको रुपमा प्रयोग गरिने जिराका फाइदा बारे तपाईलाई थाहा नहुन सक्छ । यसले तरकारीलाई स्वादिष्ट पार्नुको साथै स्वास्थ्यलाई पनि फाइदा गर्छ ।

जिरामा फाइबर हुने भएकाले कब्जियतको समस्या हुनेका लागि यो लाभदायक छ । भुटेको जिराको एक चम्चा धुलोलाई पानी र महमा मिसाई हरेक दिन खाँदा कब्जियतको समस्या हट्छ ।

राति राम्ररी निद्रा नलाग्नेले आधा चम्चा जिराको धुलो, एक चम्चा मुछिएको केरामा मिसाएर सुत्नुअघि खानुपर्छ । यसो गर्दा मिठो निद्रा पर्छ ।

जिराले पाचन प्रक्रिया राम्रो बनाउँछ । अपचको समस्या हुनेले दिनमा दुई–तीन पटक जिरा हालेको चिया खानुपर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउने जिरा रुघाखोकी लाग्दा प्रयोग गर्न सकिन्छ । एक गिलास पानीमा एक चम्चा जिरा र एक टुक्र अदुवा हालेर उमाल्नुपर्छ । यो खाँदा रुघाखोकी निको हुन्छ ।