विमानमा पाद्ने समस्या रोक्न कानून ल्याउनुपर्ने सांसदको माग

Newslaya Home

विमानमा पाद्ने समस्या रोक्न कानून ल्याउनुपर्ने सांसदको माग

बिहीबार ०२, असोज २०७६

काठमाडौं । केन्याको संसदमा विमानभित्र पाद्ने समस्या रोक्न नियन्त्रण गर्न माग उठेको छ । सांसद लिलियन आचिएङ गोगोले विमानहरूमा पादका कारण असहजता र असुरक्षा बढेको भन्दै पाद रोक्न माग गरेकी छिन् ।

विमानमा हुने कसूर रोक्नका लागि कानून संशोधनको विषय संसदमा बहस भइरहेको बेलामा गोगोले धारणा राखेकी हुन् ।

अघिल्लो महिना मात्र केन्याको होमा बे काउन्टी सभामा एक विधायकले सहकर्मीलाई पादेर हावा बिगारेको आरोप लगाएपछि झगडा भएको थियो ।

पश्चिमी केन्याको रांग्वे निर्वाचन क्षेत्रकी सांसद गोगोले भनिन्, ‘विमानमा पादको समस्या ठूलो छ र यसलाई प्रायः बेवास्ता गर्ने गरिन्छ । यसलाई व्यवस्थापन गरिएन भने उडानका क्रममा असहजता र असुरक्षा आउँछ ।’

उनले पाद रोक्ने औषधिहरू यात्रुहरूलाई दिनुपर्ने सुझाव दिइन् ।