नातीलाई जापान पठाउने लोभमा चित्रबहादुर केसीले गरे गम्भीर अपराध

Newslaya Home

नातीलाई जापान पठाउने लोभमा चित्रबहादुर केसीले गरे गम्भीर अपराध

बिहीबार ०२, असोज २०७६

काठमाडौ । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गम्भीर अपराध गरेका छन् ।

उनले आफ्ना दुई नातिका बाबु आमा नै परिवर्तन गरिदिएका छन् ।

तीन पटक सांसद भएका उनले आफू संविधानसभाको सभासद भएको बेलामा कानुन छलेर जेठा छोरा सचित्र केसीतर्फका दुई छोरा सचित र सचिनलाई कान्छा छोरा विष्णु केसीका छोरा बनाइदिएका हुन्।

०६७ माघ ५ गते उनले झुटो विवरणको आधारमा सचित र सचिनको बाबु आमा नै बदलिदिएका हुन् ।

त्यो बेलामा सचितको उमेर १२ र सचिन ६ वर्षका थिए ।

चित्रबहादुरका कान्छा छोरा विष्णु जापानमा छन् । चित्रबहादुरले दुई नातीलाई जापान पठाउने मोहकै कारण उनीहरुका आमाबाबु नै बदलिएको हो ।

चित्रबहादुरबाट भएको यो कामले नेपाली नागरिकता ऐन २०६३ मा रहेको दफा ११५ आकर्षित हुने देखिन्छ ।

सो दफाअनुसार कसैले नेपाली नागकिरताको झुटो वा किर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एक लाखसम्म जरिबाना वा दुबै सजाय हुने प्रावधान छ।