आज विश्वकर्मा पूजा : विश्वकर्मा विश्वकै पहिलो इन्जिनियर

Newslaya Home

आज विश्वकर्मा पूजा : विश्वकर्मा विश्वकै पहिलो इन्जिनियर

बुधबार ०१, असोज २०७६

काठमाडौँ । आज असोज १ गते, कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । विश्वकर्मा बाबाको दक्षताको सम्मान गर्ने दिनको रुपमा आज विश्वकर्माको पुजा गरिएको हो ।

हिन्दु धर्मावलम्बीहरुले विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकारको रुपमा लिने गर्दछन्। शास्त्रमा उल्लेख भएअनुसार उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेका थिए।

उनले सत्य युगमा स्वर्गलोक, त्रेता युगमा लंका, द्वापर युगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति बनाएको मानिन्छ।

आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरीन्छ । मजदुरहरुको लागि आज विशेष दिन हो । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ ।