धरान जाँदै गरेको जिप अरुणमा खस्यो, ६ जना बेपत्ता

Newslaya Home

धरान जाँदै गरेको जिप अरुणमा खस्यो, ६ जना बेपत्ता

बुधबार ०१, असोज २०७६

संखुवासभा । संखुवासभाको खाँदबारीबाट धरानतर्फ जाँदै गरेको एउटा जीप गएराति अक्करको भिरबाट अरुण नदीमा खसेको छ । जीपमा सवार ६ जना बेपत्ता भएका छन् ।

धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट को १ ज ३७४९ नम्बरको जीप खसेर बेपत्ता भएको हो । जीप खस्दा चालक सन्तोष विकसहित यात्रुहरु बेपत्ता भएका छन् ।

खाँदबारीबाट तत्कालै प्रहरीको टोली परिचालित भएपनि बाढी आएको र जीप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरीले जानकारी दिएको छ ।