न्युरो अस्पतालमा टाउको जचाएका बिरामीलाई फार्मेसीले दियो सुगरको औषधि

Newslaya Home

न्युरो अस्पतालमा टाउको जचाएका बिरामीलाई फार्मेसीले दियो सुगरको औषधि

सोमबार ३०, भदौ २०७६

विराटनगर । विराटनगरमा सञ्चालित औषधी फार्मेसीले टाउकोको बिरामीलाई सुगरको औषधि दिएको पाइएको छ । विरानगरस्थित न्यूरो अस्पतालमा जचाएका राम दासलेलाई टाउको दुख्ने समस्या समाधानको लागि डाक्टरले औषधि लेखिदिएका थिए । फार्मेसीले भने सुगरको औषधी दिएपछि बिरामीको अवस्था झन् नाजुक बनेको छ ।

न्यूरो अस्पताल नजिकै रहेको फार्मेसीबाट राम दासले औषधि खरिद गरेका थिए । डाक्टरले इन्कोरेट सीआर ५०० लेखिदिएकोमा औषधि पसलेले उनलाई इफिमेन्ट ५०० एमजी दिएका थिए ।

फार्मेसीले दिएको औषधि एक महिनासम्म सेवन गरेका उनले पछि फलोअपमा आउँदा गलत औषधी पाएको पत्ता लागेको थियो ।