पूर्वभर मौसम परिवर्तन, लुक्लामा रोकिए तीन सय पर्यटक

Newslaya Home

पूर्वभर मौसम परिवर्तन, लुक्लामा रोकिए तीन सय पर्यटक

सोमबार ३०, भदौ २०७६

सोलुखुम्बु । मौसम प्रतिकुल भएपछि सोलुखुम्बुको लुक्लामा सयौँ पर्यटक अलपत्र परेका छन् ।

तीन दिनदेखि मौसम प्रतिकुल हुँदा काठमाण्डौ फर्कने झण्डै तीन सय जनाभन्दा बढि पर्यटक लुक्लामा नै रोकिएका हुन् ।

शुक्रबार २० ओटा उडान तालिका रहेकोमा कुनै पनि उडान हुन सकेन । त्यस्तै, शनिबार २५ ओटा उडान तालिका भए पनि ५ वटा मात्रै उडान भएको थियो भने आइतबार उडान हुन सकेन ।

खुम्बु क्षेत्रमा लागेको बाक्लो कुहिरोका कारण विमान उडान ठप्प भएको हो ।