अब घरमा कुकुर पाल्न पनि लाइसेन्स

Newslaya Home

अब घरमा कुकुर पाल्न पनि लाइसेन्स

शनिबार २८, भदौ २०७६

काठमाडौं । कुकुरलाई मानिसको सबैभन्दा नजिकको जनावरमध्ये एक मानिन्छ । सुरक्षा, अनुसन्धानको लागि कुकुर पाल्ने गरिन्छ । नेपालमा कुकुर पालनमा कुनै कडिकडाउ छैन । तर भारतको गाजियावादमा भने कुकुर पाल्नका लागि लाइसेन्स लिनुपर्ने भएको छ । यदि कसैले लाइसेन्सबिना नै कुकुर पालेमा कुकुर जफत हुने र पाँच सय रुपैया जरिवाना तिर्नुपर्ने नियम छ ।

लाइसेन्सका लागि प्रति कुकुर पाँच हजार भारतीय रुपैयाँ नगर निगमलाई तिर्नुपर्नेछ । यसपछि मात्र आफ्नो घरमा कुकुर पाल्नका लागि अनुमति मिल्नेछ ।