गरिबी हटाउन श्रीकृष्णले दिएका थिए यस्तो सुझाव

Newslaya Home

गरिबी हटाउन श्रीकृष्णले दिएका थिए यस्तो सुझाव

शनिबार २८, भदौ २०७६

भगवान् श्रीकृष्णले केही यस्ता वस्तुको वर्णन गरेका छन्, जसलाई घरमा राखेर सामान्य मानिसले गरिबी भगाउन सक्छ ।

महाभारतका अनुसार एकचोटि जेठा पाण्डव युधिष्ठिरले श्रीकृष्णलाई सोधेका थिए, ‘घरमा सधैं सुख समृद्धि रहोस् अनि धनधान्यको कमी नहोस् भन्नका लागि के गर्नुपर्छ ?’

युधिष्ठिरको यस प्रश्नको जवाफमा श्रीकृष्णले प्रतिदिन घरमा गाईको घिउले बालेको दियो दान गर्दा अनि घिउबाट भोगप्रसाद चढाउँदा देवीदेवताको कृपा बर्सने बताएका थिए ।

यस्तै घर आएका पाहुनालाई पानी पिउन दिँदा अशुभ ग्रह टर्छन् । त्यसैले कोही घरमा आउनेबित्तिकै पहिला पानी दिनुस् ।

महलाई पवित्र खाद्यान्न मानिएको छ । यसले घरबाट नकारात्मक ऊर्जा हटाउँछ ।

घरलाई जहिले पनि सफा राख्दा खर्चमा कमी आउँछ र धनधान्य बढ्छ ।

सौर्यमण्डलका ग्रहहरूले मनुष्यको जीवनलाई धेरै प्रभावित पार्छन् । प्रत्येक दिन व्यक्तिले ग्रहको हिसाब अनुसार निधारमा चन्दन लगाउँदा शुभ फल प्राप्त हुन्छ ।

चन्दन निधारमा लगाउँदा शीतलता प्राप्त हुन्छ र पापहरूको नाश पनि हुन्छ । घरमा चन्दन राख्दा त्यसको सुगन्धले नकारात्मक ऊर्जा पनि नष्ट हुन्छ ।