इनरुवामा उराँव समुदायको करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम सुरु

Newslaya Home

इनरुवामा उराँव समुदायको करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम सुरु

शुक्रबार २७, भदौ २०७६

इनरुवा । इनरुवामा शुक्रबारबाट करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।

यो कार्यक्रम यहाँ बसोबास गर्ने नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान सुनसरी इनरुवाको आयोजनामा शुरु भएको हो । करम पूर्व सध्या पर्व यहाँ बसोबास गर्ने उराँव समुदायहरुले मनाउने गर्दछन् ।

कार्यक्रम सुरु हुनु अगाडी विहान हजारौंको संख्यामा उराँवहरुले आफ्नो जातीय पहिरण भेषभुषा सहित इनरुवामा वृहत उराँव पोशाक(पहरिण) प्रदर्शन गरेका थिए ।

कार्यक्रममा सुनसरी र मोरगंका उराँवहरुले पुरुषहरु धोती, गम्छाको पगरी र आफ्नै पहिरणमा र महिलाहरु रातो र सेतो सारी, हातमा चादीको चुरा, घाटीमा हसुली, तिलहरी, पाखुरामा गोफ(गहना) सहित सजिएर सहभागि भएका थिए ।

इनरुवाको विहीबारे हातमा जग्गा भएका उराँव पुरुषहरु धोती, गम्छाको पगरी र आफ्नै पहिरणमा र महिलाहरुले रातो र सेतो सारी सहित सजिएर इनरुवा २, १ हुदै बजार , लोकतान्त्रिक चौक , भगवती रोड हुदै प्रतिष्ठानको भवन तथा संग्राहलयको मैदानमा करम पूर्व सन्ध्या कार्यक्रममा सहभागि भएका थिए ।

एक महिनासम्म मनाइने करम पुजाको विधिवत सुरु गरेको र त्यसको झल्को दिनका लागि २६ वटा झाकी समूह सहित उराँव कलाकार, साहित्यकार, कलाकर्मी, शिक्षक, वुद्धिजिवि र अगुवाहरुको उपस्थितीमा करम पूर्व सन्ध्या कार्यक्रम सम्पन्न गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिएका छन् ।

करम पूर्व सन्ध्या कार्यक्रममा आफ्नो कला कौशल , गीत नृत्य, पहिरण, बाजागाजा, पोसाक, मौलिक हातहतियार, कृषि औजार, जिविकोपार्जन गर्ने सामग्री(माछा मार्ने जाल, भाडो, खुर्पी, कोदालो, हल्लो) सहितको प्रदर्शन गरिएको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका सचिव रामलाल उराँवले जानकारी दिए ।