महिला बचतको अध्यक्षमा फेरी पनि अमृता सुब्बा निर्विरोध

Newslaya Home

महिला बचतको अध्यक्षमा फेरी पनि अमृता सुब्बा निर्विरोध

शुक्रबार २७, भदौ २०७६

इटहरी । महिलाहरुले व्यवस्थापन गरेको महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अमृता सुब्बा फेरी पनि निर्विरोध निर्वाचित भएकी छिन् ।

सहकारीलाई लामो समयदेखि नेतृत्व दिएर देशकै उत्कृष्ठ बनाउन भूमिका खेलेकी सुब्बाको नेतृत्वलाई संस्थाले फेरी दोहोर्याएको हो ।

शनिबार सम्पन्न २१ औं साधारणसभाबाट संस्थाको उपाध्यक्षमा मिनु न्यौपाने, सचिवमा पद्मादेवी पन्धाक र कोषाध्यक्षमा अम्बिका ढकाल (बराल) चयन भएका छन् ।

साधारणसभाले मुना तिम्सिनाको संयोजकत्वमा लेखा सुपरीवेक्षण समितिसमेत बनाएको छ ।

निर्वाचित कमिटि सार्वजनिक गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुले निर्वाचित समितिलाई बधाई दिएका थिए ।
संघीय सांसद सुजिता शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश १ योजना आयोगकी सदस्य मीना भण्डारी, नेकपा नेता शिव डाँगी लगायत विशिष्ट अतिथिको रुपमा उपस्थित थिए ।

महिला बचत सहकारी महिला नेतृत्वको देशमै औंलामा गन्न सकिने सहकारीमा पर्छ । सात हजार बढी शेयर सदस्यहरु छन् । धेरै शेयर सदस्य रहेको कारण संस्थाले सप्ताहव्यापी साधारणसभा सञ्चालन गर्ने गरेको छ । सोअनुसार इटहरीका विभिन्न वडाको छुट्टा छुट्टै साधारणसभा गरि शनिबार मुख्य साधारणसभा गरिएको हो ।