ढाका टोपीमा सन्नी लियोनी

Newslaya Home

ढाका टोपीमा सन्नी लियोनी

शुक्रबार २७, भदौ २०७६

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाली फिल्म ‘पासवर्ड’को प्रिमियर र प्रचारका लागि बिहीबार काठाडौं आइपुगिन् ।

जुन फिल्ममा उनको पनि एउटा ‘आइटम डान्स’ रहेको छ । बिहीबार साँझ काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्कँदै गर्दा उनलाई देख्नेहरु भने दंग भएका थिए ।

किनभने सन्नी विमानस्थलमा उत्रिरहँदा नेपाली भादगाउँले ढाका टोपीमा सजिएकी थिइन् । कालो ‘गेटअप’मा आएकी सन्नीलाई स्वागत गर्नेहरुले विमानस्थलमै खादा सहित भादगाउँले टोपी लगाइदिएका थिए । क्रस नेपाली झण्डासहितको कालो टोपीमा सजिएकी सन्नीलाई हेर्नेहरुको घुइँचो थियो ।

विमानस्थलको गेटमै केही बेर सन्नीसँग तस्बिर खिच्नेहरुको भीड नै लागेको थियो । सन्नी विमानस्थलबाट हायात होटेलमा पुगेर बसेकी छन् । कुमारी होटलमा प्रिमियरमा सहभागी भएपछि केही स्थान घुमेर उनी शनिबार भारत फर्किने कार्यक्रम छ ।