महोत्तरीमा प्लाईले किचेर एक जनाको मृत्यु

Newslaya Home

महोत्तरीमा प्लाईले किचेर एक जनाको मृत्यु

शुक्रबार २७, भदौ २०७६

महोत्तरी । महोत्तरीको जलेश्वरमा शुक्रवार प्लाईले किचेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको बिहार राज्यको सीतामढी जिल्ला अन्तर्गत भिट्ठा गाउँपञ्चायत का ४५ वर्षीय महेश साह रहेका छन् ।

जलेश्वर नगरपालिका २ मा अवस्थित सचिन ट्रेडर्समा काम गर्दै आएका साह ट्रेडर्सको प्लाईको गोदामबाट प्लाई झिकिरहेको बेला छातिमाथि एक्कासि ७ वटा प्लाई झरेर उनको छाती किचिदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक भारतीय मजदुर साहको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । यस्तै प्रहरीले सचिन ट्रेडर्सका सञ्चालक लक्ष्मण साहलाई नियन्त्रणमा लिएको छ ।