पूर्व डीआईजी पूर्व मेजर सहित ३५ जना पक्राउ

Newslaya Home

पूर्व डीआईजी पूर्व मेजर सहित ३५ जना पक्राउ

शुक्रबार २७, भदौ २०७६

काठमाडौँ । गुठी विधेयक विरुद्ध निस्किएका नेपाल प्रहरीका पूर्व डीआईजी विजय भट्ट र नेपाली सेनाका पूर्व मेजर केशव बस्नेतसहित ३५ जना पक्राउ परेका छन् ।

उनीहरुलाई प्रहरीले इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर आउने कार्यक्रम शुरु हुनै लाग्दा उनीहरू गुठी विधेयक विरुद्ध प्रदर्शनमा निस्कएको कारण पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिमा आबद्ध ललितपुर गोदावरी–५ का नारायण अर्याल, काठमाडौं महानगरपालिका–२१ का रघुराज राजभण्डारी, सुवास राजभण्डारी, काठमाडौं महानगरपालिका–२० का सुनील लामालगायत छन् ।

पक्राउ परेका सबैलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको छ । पक्राउ परेकाहरूबाट प्रहरीले २४८ थान कालो रङका टिसर्ट र ब्यानरसमेत बरामद गरेको छ।