इटहरीमा २४ सै घण्टा स्तरीय सेवा दिने वेदान्त अस्पताल

Newslaya Home

इटहरीमा २४ सै घण्टा स्तरीय सेवा दिने वेदान्त अस्पताल

शुक्रबार २७, भदौ २०७६

इटहरी । इटहरीमा राम्रो र स्तरीय अस्पतालको अभाव भइरहेको बेला सुविधा सम्पन्न बेदान्त अस्पताल सञ्चालनमा आएको छ ।

इटहरी–४ मा रहेको यस अस्पतालले बिरामीलाई २४ घण्टा सुविधा दिदै आएको छ । साथै अस्पतालमा विभिन्न वरिष्ठ डाक्टरहरुले बिरामीको जाँच गर्ने गरेका छन् ।

बरिष्ठ फेमिली फिजिसियन विशेषज्ञ डाक्टर आदर्श झाले पुर्णकालिन सेवा दिने वाचा गरि वेदान्त हस्पिटल सन्चालन गरेका हुन् ।

ज्वरो, रुघाखोकी, वान्ता, निमोनिया, कुपोषण, पेट दुख्ने, पिसाब फेर्दा पोल्ने, दुख्ने, पाइल्स, हर्निया, दम, छाती दुख्ने, मुटु दुख्नेलगायतका स्वास्थसम्बन्धी उपचार सेवा दैनिक प्रदान भइरहेको झाले जानकारी दिए ।

यस अस्पतालमा पूर्वमा लामो समयदेखि विभिन्न अस्पतालमा आबद्ध रहि हाड जोर्नी एवं नशासबन्धी अनुभवी, दक्ष एवं तालिम प्राप्त विशेषज्ञ डाक्टर रोबिन श्रेष्ठले दैनिक सेवा दिइरहेकी छिन् ।

यस अस्पतालमा गर्धन, ढाड, कम्मर दुख्ने, नसा च्यापिएको, हड्डी खिइएको, हातखुट्टा झमझम गर्ने, लाटो हुने, पैताला पोल्ने, चस्कने, प्यारालाइसिस भएर एक वा दुबै भाग नचल्ने, बाथ, युरिक एसिड, घुँडा, काँध, औँलाहरुको जोर्नी दुख्ने जस्ता विभिन्न समस्याको निदान गरिने झाले जानकारी दिए ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत अनुभबी, दक्ष र तालिम प्राप्त यौन रोग विशेषज्ञ डाक्टर रुबिना राईले पनि वेदान्त अस्पतालमा सेवा दिइरहेकी छिन् । उनले यौन तथा प्रशूति सम्बन्धी महिलाका सम्पूर्ण रोगको चेकजाँच गर्ने गर्छिन् ।

यस अस्पतालले दिइरहेको सेवा लिन यसअघि धरान वा विराटनगर पुग्नुपथ्र्यो । यस अस्पतालमा गाँठागूठी, हाइड्रोसिल, हर्निया, फिस्टुला, पिलो, नङ गाडिएको, कानमा प्वाल परेको, कान चुट्टिएको वा ठुलो प्वाल भएको, शरीरको कुनै भागमा सर्जरी गर्नुपरेमा दक्ष र अनुभव डाक्टरद्वारा अप्रेसनसमेत गरीने अस्पतालले जनाएको छ ।

सम्पूर्ण रोग परिक्षणको लागि बिरामीले अग्रिम नाम दर्ता गर्नुपर्ने जनाइएको छ । अस्पतालमा २४ सै घण्टा इमर्जेन्सि, डिजिटल एक्सरे, प्लाष्टर, फार्मेसी, अपरेसन, ल्याब सेवाको व्यवस्था गरिएको छ ।

इटहरीमा यस्तो सुविधा सम्पन्न अस्पताल पाएपछि इटहरीवासी हर्सीत छन् । इटहरीमा पहिलो पटक यस्तो सुविधायुक्त अस्पताल सञ्चालनमा आएको छ ।