मेरिल्याण्ड स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

Newslaya Home

मेरिल्याण्ड स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु

शुक्रबार २७, भदौ २०७६

विराटनगर । विराटनगरमा रहेको मेरिल्यण्ड स्कुलको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो उत्तरबाट दक्षिण तर्फ जादै गरेको को १ ख ११८८ नम्बरको मेरिल्याण्ड स्कुलको बसले दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको को १३ प ४७५ नम्बरको मोटारसाइकललाई ठक्कर दिंदा दुहबी–४ का ३५ वर्षीय जय नारायण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुहबी, सुनसरीको दुहबी–३ स्थित मैनवती फ्याक्ट्री अगाडि उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको इटहरी स्थित एपेक्स हस्पिटलमा उपचारको क्रममा मृत्‍यु भएको हो ।