मृत घोषित शिशु गाड्न लैजाँदा चलमलायो

Newslaya Home

मृत घोषित शिशु गाड्न लैजाँदा चलमलायो

शुक्रबार २७, भदौ २०७६

बाँके । मृत घोषित भएको शिशु गाड्न लैजाँदै गर्दा चल्मलाएको छ । भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीले शुक्रबार बिहान जन्माएको शिशु जन्मेलगत्तै मरेको थियो ।

प्रसूतिकक्षबाट कपडामा पोको पारेर पोलिथिनमा झिकिएको राखेर अन्तिम संस्कारका लागि थमाइ दिएको थियो ।

अन्तिम संस्कारका लागि नेपालगञ्जस्थित बुलबुलियातर्फ लैजाँदै गर्दा शिशु बीचबाटोमै चल्मलाएको थियो । परिवारले यसलाई अस्पतालको लापरवाही भनेको छ ।

शिशुलाई अहिले आइसीयूमा भर्ना गरिएको छ । कमलाको २३ हप्तामा छोरीको जन्म भएको हो । सकुशल जन्मिएको शिशुको तौल ६०० ग्राम छ ।