जनक शिक्षामा विभिन्न पदका लागि जागिर खुल्यो

Newslaya Home

जनक शिक्षामा विभिन्न पदका लागि जागिर खुल्यो

शुक्रबार २७, भदौ २०७६

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ ।

केन्द्रको केन्द्रीय कार्यालय भक्तपुरमा विभिन्न पदका लागि ३५ जनाको माग गरिएको हो । जस अन्तर्गत उप–प्रबन्धक पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट १ जना माग गरिएको छ भने ३ जना शाखा अधिकृत मागिएको छ । त्यस्तै प्राविधिक शाखा अधिकृतका लागि ११ जना र वरिष्ठ सहायकमा १९ जना माग गरिएको छ ।