उदयपुरमा करेन्ट लागेर एक बालकको मृत्यु

Newslaya Home

उदयपुरमा करेन्ट लागेर एक बालकको मृत्यु

शुक्रबार २७, भदौ २०७६

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–४ बहागामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका खिलराज विकका ७ वर्षीय छोरा प्रशान्त विक रहेका छन् ।

बिहिबार राति घर नजिकै आफन्तको कुखुरा फर्ममा खेल्न गएका बालक करेन्ट लागेर घाइते भएका थिए । घाइते बालकको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाट लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी बालकको शव परिवारलाई जिम्मा लगाइएको छ ।