इटहरीमा साउण्ड सिस्टमको मेला लाग्ने

Newslaya Home

इटहरीमा साउण्ड सिस्टमको मेला लाग्ने

शुक्रबार २७, भदौ २०७६

इटहरी । इटहरीमा तिन दिने साउण्ड सिस्टमको मेला लाग्ने भएको छ । मेची कोशी साउण्ड सिष्टम ब्यवसायी संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै देशमै पहिलो पटक इटहरीमा साउण्ड एक्सपो मेला लाग्ने जानकारी दिएको हो ।

साउण्ड सिस्टममा भित्रीएको नयाँ प्रबिधिमा ग्राहक अनबिग्य रहेको भन्दै नयाँ प्रबिधि सहितको जानकारी मुलक मेलाको आयोजना गर्न लागीएको मेची कोशी साउण्ड सिष्टम ब्यवसायी संघका अध्यक्ष विनोद कठेतले बताए ।

यस्तै, कठेतले एक्सपो सहित विभिन्न साउण्डमा काम गरीरहेका ब्यवसायीहरुलाई निःशुल्क वकसपको व्यवस्था गरीएको जनाए ।

संघले भदौ २९, ३० र ३१ गते एक्सपोको आयोजना गरेको छ । इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना गरिने उक्त एक्सपोमा ५ सय बढी ब्यवसायीहरुले सहभागीता जनाउन सक्नेछन् ।