फिल्म लाइनकी केटीसँग बिहे नगर्न प्रभाषलाई आमाको चेतावनी

Newslaya Home

फिल्म लाइनकी केटीसँग बिहे नगर्न प्रभाषलाई आमाको चेतावनी

शुक्रबार २७, भदौ २०७६

काठमाडौं । भारतीय चर्चित अभिनेता प्रभासलाई फिल्म लाइनकी केटीसँग विवाह नगर्न उनकी आमाले चेतावनी दिएकी छिन् । प्रभासका परिवारका सदस्य असाध्यै परम्परागत भएका कारण बाबु आमाले उनलाई फिल्मलाईनका युवतीसँग विवाह नगर्न दबाब दिदै आएका छन् ।

फिल्म बाहुबलीमा प्रभास र अनुष्का सेट्टीको भुमिकालाई दर्शकहरुले खुबै रुचाएका थिए । उनीहरुको जोडीलाई लिएर समेत टिप्पणी भएको थियो । धेरैलाई लागेको थियो प्रभास र अनुष्काको विवाह छिट्टै नै हुनेछ । तर, त्यस्तो केही हुन सकेन ।

अनुश्का र प्रभास रोमान्समा रमाएको खबर पनि आएको थियो । अन्तत प्रभास र अनुश्काको रोमान्स रिलमै सिमित भएको थियो ।

प्रभास परिवारको विरुद्ध जान सकेनन् र उनीहरुको सम्बन्ध अगाडि बढ्न नसकेको हो ।