खैरो हिरोइनसहित ताप्लेजुङमा एक युवक पक्राउ

Newslaya Home

खैरो हिरोइनसहित ताप्लेजुङमा एक युवक पक्राउ

शुक्रबार २७, भदौ २०७६

ताप्लेजुङ । ताप्लेजुङमा लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन् ।

पाथीभरा याङ्वरक गाउँपालिका–१ मेवाखाबाट इलामका २४ वर्षीय विवेक लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथवाट २४ मिलिग्राम खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए ।

खानतलासीका क्रममा विवेकको साथबाट लागुऔषध फेला परेको थियो । यसैबीच, २५ मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेका अर्का एकजनालाई कारागार चलान गरिएको छ । फुङलिङ नगरपालिका–४ कोप्चेबाट पक्राउ परेका मेगराज हाङ्गामलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो ।